सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त



काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् ।

सनराइज बैंकको संचालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

पौड्यालले ६ महिना अगाडि ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए ।

यसअघि सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई सिइओ पदमा नियुक्त गरेको थियो । संचालकहरु शैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगडको असहमतिले श्रेष्ठको नियुक्तीमा विवाद भएको थियो । संचालकबीच सहमति नभएपछि श्रेष्ठ सनराइज बैंक नजाने निर्णय गरेका थिए ।

पौड्यालको नियुक्ती भने सर्वसम्मत भएको हो ।


क्लिकमान्डु