सरकारी खर्च बढेपछि बैंकमा निक्षेप थपियो, एक सातामा १७ अर्बले बढ्यो



काठमाडौं । सरकारी खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता थपिन थालेको छ ।
वर्षभरी नै लगानी योग्य रकमको अभाव भोगेका बैंकहरुलाई सरकारले खर्च बढाएसँगै पैसा सहज हुन लागेको छ ।

एकसाताको अवधीमा १७ अर्ब रुपैयाँ निक्षेप वाणिज्य बैंकहरुमा थपिएको छ ।
असार दोस्रो साता १३ गतेसम्म २७ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असार २० सम्ममा निक्षेप २७ खर्ब ९३ अर्ब रुपैयाँमा पुगेको छ ।

असारको तेस्रो सातासम्ममा कर्जा प्रवाह भने सुस्त रहेको छ ।

२३ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा रहेकोमा असार २० सम्ममा त्यो बढेर २४ खर्ब १ अर्ब पुगेको छ ।


क्लिकमान्डु