एनआईसी एशियाले माग्यो १७ वटा पदमा आवेदन



काठमाडौं । एनआईसी एशिया बैंकले १७ वटा पदमा आवेदन माग गरेको छ ।
बैंकले संस्थागत निक्षेपकर्ताको प्रमुखदेखि चार्टर एकाउन्टेन्स पदमा आवेदन गरेको छ ।

जसमा तीनवटा पदमा १ जनाको लागि आवेदन माग गरिएको छ भने बाँकीको संख्या खुलाइएको छैन ।

आवेदन गर्नको लागि सहायक म्यानेजर तथा जुनियर तथा सिनियर अफिसरका लागि मास्टर गरेको हुनुपर्ने तथा अन्य पदका लागि ब्याचलर पास गरेको हुनुपर्ने छ ।

चाटर्ड एकाउन्टेन्स पदका लागि सिए उत्तिर्ण गरेको हुनुपर्ने छ । आवेदन दिनको लागि जुलाई २४ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु