एनएफआरएसले अधिकाशं बीमा कम्पनीले साधारणसभा गर्न सकेनन्, यो वर्ष सेयरधनी हिस्सै



काठमाडौं । नेपालमा रहेका जीवन तथा निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म ३ वटा जीवन बीमा कम्पनीले मात्र साधारण सभा सम्पन्न गरेका छन् ।

साधारण सभा सम्पन्न गर्ने बीमा कम्पनीमा नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यस्तै ३ वटा बीमा कम्पनीले साधारण सभा गर्नको लागि बीमा समितिबाट अनुमति पाइसकेका छन् । १९ जीवन बीमा कम्पनीमा १४ वटाको भने अझै पनि आर्थिक वर्ष २०७४/७५को वित्तीय विवरण अझै पनि बीमा समितिमा बुझाउन सकेका छैनन् ।

यता सञ्चालनमा रहेको २० वटा निर्जीबन बीमा कम्पनीहरु मध्ये ८ वटा कम्पनीले साधारण सभाको लागि समितिबाट अनुमति पाएका छन् । बीमा समितिका अनुसार ६ वटा निर्जीबन बीमा कम्पनीले वित्तीय विवरण पेश गरेका छन् । ती कम्पनीहरुको विवरण अध्ययन भइरहेको बीमा समितिले जनाएको छ । तर ६ वटा कम्पनीले वित्तीय विवरण पेश गरेका छैनन् ।

जीवन तथा निर्जीबन बीमा कम्पनीसहित २० वटाले बीमा कम्पनीले बीमा समितिमा विवरण अझै बुझाएका छैनन् । समितिका अनुसार बीमा समितिका केही कम्पनीले जेठमा नै र केही कम्पनीले भने असारमा वित्तिय विवरण बुझाएका छन् ।

अधिकांशले असारमा वित्तीय विवरण बुझाएको समितिले जनाएको छ । समितिमा विवरण नबुझाउनेमा १४ वटा त जीवन बीमा कम्पनी नै रहेका छन् । यता विवरण पेश नगर्ने निर्जीबन बीमा कम्पनीमा ६ वटा रहेका छन् ।

बीमा कम्पनीहरुले सामान्यतथा आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारण सभा गरिसक्नु पर्ने हो तर एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण समयमा नै बुझाउन नसक्दा समयमा नै साधारण सभा गर्न नसकेका हुन् ।

बीमा कम्पनीहरुले पुरानो शैली र एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण बुझाउनु पर्ने भएकोले असारमसान्तसम्म साधारण सभा गर्नुपर्छ । बीमा समितिमा विवरण बुझाएको ६० दिनभित्र साधारण सभा सम्पन्न गरिसक्नु पर्ने समितिले जनाएको छ ।


क्लिकमान्डु