६ महिनामा एउटामात्र नानो कार बिक्री



टाटा मोटर्सले आफ्नो इन्ट्री लेभलको कार नानोको उत्पादन गत जनवरीदेखि बन्द गरेको छ ।

कम्पनीका अनुसार २०१९ लागेपछि ६ महिनाको अवधीमा नानो कार एउटा मात्र बिक्री भएको छ ।

सस्तो दिन खोज्दा यसरी फेल भयो रतन टाटाको ड्रिम प्रोजेक्ट नानो

डिसेम्बर २०१८ मा कम्पनीले ८२ वटा नानोको युनिट उत्पादन गरेको थियो ।

त्यो समयदेखि अहिलेसम्म नानो कारको त्विादन भएको छैन । बिक्रीको कुरा गर्ने हो भने एउटा मात्र कार बिक्री भएको छ ।

टाटा मोटर्सका प्रवक्ताले मागको आधारमा उत्पादन गरिएको जानकारी दिए । सो अवधीमा कम्पनीले कार निर्यात समेत गरेको छैन ।

योभन्दा पहिला टाटा मोटर्सले संकेत दिएको थियो २०२० को अप्रिलबाट पूर्ण रुपमा नानो कारको उत्पादन बन्द हुने छ ।

१ लाख रुपैयाँमा कार दिने रतन टाटाको स्किम भने बजारले भने नरुचाएको कारण बिक्री सफल भएन ।


क्लिकमान्डु