सस्तो दिन खोज्दा यसरी फेल भयो रतन टाटाको ड्रिम प्रोजेक्ट नानो



भारतीय अर्बपति रतन टाटा जब भारतमा हुन्थे आफ्नो लक्जरियस गाडीमा हिड्दा उनले सडकमा देखिने एउटा दृष्यबाट निकै भावुक हुन्थ्थे । टाटाले भारतीय सडकमा एकै परिवारका चार देखि पाँच जना व्यक्ति यात्रा गरेको देखे ।

विश्वकै व्यवसायिक दुनियामा अगाडि रहेका अर्बपति रतन टाटाको दिमाखमा एउटा आइडिया आयो । उनले हरेक व्यक्तिको आफ्नो कार दिलाउने र त्यसको मूल्य १ लाख हुने गरेर गाडीको उत्पादन गर्ने विषयमा अध्ययन गर्न लगाए । रतन टाटाको ड्रिम प्रोजेक्ट मानिएको टाटा नानो सन् २००९ मा बजारमा ल्याए ।

सन् २००९ मा टाटा नानो बजारमा लन्च हुनु अगाडि नै यसको चर्चाले बजार तातेको थियो । यो गाडीलाई लिएर मानिसहरुले धेरै खाले सपना देख्न थाले ।

सन् २०१०/११ देखि २०१२/१३ सम्ममा टाटा मोटर्सको कुल बिक्रीमा नानोको हिस्सा २३÷२४ प्रतिशतसम्म थियो । २०११/१२ मा ७४ हजार २२७ कुल बिक्री पुगेपछि यसको मागमा गिरावट आयो । दुईवर्षको अन्तरमा यसको बिक्रीमा ७० प्रतिशतको गिरावट आयो । सन् २०१८ मा यसको बिक्री नगन्य नै थियो । टाटा मोटर्सले सन् २०२० सँगै यसको उत्पादन बिक्री बन्द गर्ने घोषणा गर्यो ।

गुजरातमा वर्षमा २ लाख ५० हजार गाडी उत्पादन गर्ने क्षमतामा फ्याक्ट्रीको रहेको छ ।

टाटा नानोको दुर्भाग्यलाई बुझ्नको लागि माइक्रोसफ्टका संस्थापक तथा विश्वका दोस्रो धनी व्यक्ति बिल गेट्सलाई सबैभन्दा बढी मन पर्ने गरेको किताबमा पुग्नुपर्ने हुन्छ । जोन ब्रुक्सले लेखेको ‘इटइज बिजनेश एडवेन्चर्स’मा टाटा नानो किन असफल भयो यसको कारण थाह पाउन सकिन्छ ।

किताबको एउटा अध्यायमा ‘एडसल’ कारले भोग्नु परेको दुर्भाग्यको चर्चा छ । सन् १९५५ मा फोर्ड मोर कम्पनीले २४०० डलरदेखि ४ हजार डलर मा कार उत्पादन गर्ने घोषणा गर्यो । यो कारको नाममा त्यो बेला त्यस्तै खाले हल्ला मच्चिएको थियो । कारको नाम फोर्ड कम्पनीका मालिक हेनरी फोर्डका छोरा एडसलको नाममा राखिएको थियो ।

एडसलको हल्लाले आम मानिसले भिन्नै खाले सपना र कल्पना गर्न थाले । आम मानिसले यसलाई अन्य कारभन्दा फरक देख्न थाले ।

सन् १९५७ मा फोर्डले एडसललाई बजारमा बिक्रीको लागि ल्यायो । जब मानिसलाई अन्य कारजस्तै यसमा चारवटा पाङ्रा र मेसिन हुन्छ भन्ने थाह पाए यो कारसँग मोहभंग भयो । यसको नतिजा यो निस्कियो कि जति धेरै हल्ला गरेर बजारमा आएको थियो त्यती नै छिटो बजारबाट बाहिरियो । फोर्डले एडसल गाडीको उत्पादन गर्दा २० करोड डलर घाटा भोग्नु परेको थियो ।

कुनैपनि उत्पादनको बारेमा जब अत्याधिक हल्ला हुन्छ त्यसबाट मानिसहरुले विभिन्न खाले कल्पना गर्न थाल्छन् । जसलाई लिएर उपभोक्ताले अलग्गै सपना देख्न थाल्छन् । जब वास्तविकता अगाडि आउछ त्यसपछि उपभोक्ताले ठगिएको महशुस गर्छन् ।

भारतमा पछिल्लो दुई महिनामा टाटा नानोको एउटापनि गाडी उत्पादन भएको छैन र बिक्रीपनि ।
१ लाखमा सस्तो गाडी जसले टाटा नानो बजारमा ल्याउदा जस्तो हल्ला आयो त्यसैले यसको भविष्यलाई संकटमा त्यसैले लग्यो । गाडी किन्नु भनेको भारत नेपालजस्तो देशको लागि मानिसको वर्गको रुपान्तरणपनि हो ।

अर्थात व्यक्ति धनी भयो भन्ने संकेत आफ्नो गाडी किनेपछि भन्ने बुझाई समाजमा छ । सुरुवातमा बिक्री भएपनि यसको लुक्स र सस्तो मूल्यलाई नै उपभोक्ताले रुचाएनन् । योभन्दा मोटरसाइकल नै ठिक र गाडी सस्तो मूल्यमा किन्नु परे मारुती सुजुकीको अल्टो नै उपभोक्ताले मन पराए । जसले गर्दा रतन टाटाको ड्रिम प्रोजेक्ट नै फेल भयो । ऐजेन्सी


क्लिकमान्डु