मर्जरको चर्चा चलिरहेका बेला कस्ले किन्यो जनता बैंकको डेढ लाख कित्ता संस्थापक सेयर ?



काठमाडौं । मर्जर जाने तीब्र चर्चा भइरहेका बेला जनता बैंकको संस्थापक सेयर किनबेच भएको छ ।

बिहीबार ब्रोकर नं. ४७ बाट बिक्री भएको जनता बैंकको १ लाख ५० हजार कित्ता संस्थापक सेयर ब्रोकर नं. ४१ बाट प्रतिकित्ता १०० रुपैयाँको दरले डेढ करोड रुपैयाँमा खरिदबिक्री भएको छ ।

मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार

कस्ले बेचेको र कस्ले किनेको भन्नेबारे सार्वजानिक जानकारी गराइएको छैन ।

जनता बैंककलाई ग्लोबल आइएमइ बैंकले मर्जरका लागि प्रस्ताब गरेको भोलिपल्टै डेढ लाख कित्ता संस्थापक सेयर किनबेच भएको हो ।

बिहीबार बैंकको सेयर अंकित मूल्यको दरमा नै खरिदबिक्री भएको हो । सर्वसाधारण सेयर भने प्रतिकित्ता २१६ रुपैयाँको दरले कारोबार भएको छ ।


पुष्प दुलाल