अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा असार ३१ मा



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा असार ३१ गते राजधानीको राष्ट्रिय सभागृहमा हुने भएको छ ।

यसअघि असार ११ गते भएको साधारण सभामा गणपूरक संख्या नपुगेको भन्दै साधारण सभा स्थगित गरिएको थियो ।

साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट ४ जना सञ्चालक चयन गर्ने छ । यस अघिको साधारण सभा स्थगन स्थगन भएको सञ्चालक निर्वाचनको कार्यक्रम पूर्व प्रकाशित सूचना अनुसार नै हुने बताइएको छ ।

यस्तै साधारण सभामा आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने जस्ता प्रस्ताव राखिएका छन् ।

साधारण सभाको लागि भन्दै अपर तामाकोशी हाइड्रोपावरले जेठ २१ देखि असार ११ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरिसकेको छ । उक्त साधारण सभामा जेठ २० गतेसम्म कायम रहेका सेयरधनीले भाग लिन पाउने छन् ।


क्लिकमान्डु