आधिँखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपिओ आउँदै



काठमाडौं । आधिँखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनलिे आज एक आह्वानपत्र प्रकाशित गरी यही असार २२ गतेदेखि साधारण सेयर बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार ५ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर भने सर्वसाधारणलाई बिक्री गरिनेछ ।

कम्पनीका अनुसार सेयर बिक्री छिटोमा यही असार २५ गतेसम्म र ढिलोमा आगामी साउन २० गतेसम्म बिक्री हुनेछ । उक्त वित्तीय संस्थाको केन्द्रीय कर्यालय बयरघारी स्याङजामा रहेको छ । संस्थाले विभिन्न १९ वटा शाखा मार्फत वित्तीइ सेवा दिँदै आएको छ । कम्पनीको धितोपत्र निष्काशन र बिक्री प्रबन्धकमा एआइबिएल एस क्यापिटल रहेको छ । सो वित्तीय संस्थाले पशुपालना, खुद्रा व्यापार साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएको छ ।


क्लिकमान्डु