बैंकको संख्या कसरी घटाउने ? राष्ट्र बैंक, २८ बैंकका अध्यक्ष र सीइओहरु छलफलमा (फोटो फिचर)



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, विभिन्न विभागीय प्रमुख र २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीइओहरु यतिखेर राजधानीको पाँच तारे होटेल र्याडिशनमा जम्मा भएका छन् । बिहान ११ बजेदेखि छलफल शुरु भएको छ ।

मौद्रिक नीतिको पूर्वसन्ध्यामा राष्ट्र बैंकले सरोकारवालाहरुसँग छलफल गर्ने परम्परा अनुरुप बिहीबार बिहान वाणिज्य बैंकका, दिउँसो विकास बैंकका र अपर्हान्न फाइनान्स कम्पनीका अध्यक्ष तथा सीइओहरुसँग छलफल हुनेछ ।

बजेटले वित्तीय क्षेत्रको विषयमा समावेस गरेका विषयमा छलफल गर्ने भनिए पनि आजको छलफलमा राष्ट्र बैंकका अधिकारीहरुले बैंकका अध्यक्ष र सीइओलाई मर्जरमा जान तीब्र दबाब दिनेछन् । स्वतस्फूर्त मर्जरमा नगए फोर्स मर्ज गराउने चेतावनी दिँदै मौद्रिक नीतिअघि नै जोडी खोज्न दबाब दिइने छ ।

मर्जरमा जान दबाब दिन बैंकका अध्यक्ष र सीइओलाई राष्ट्र बैंकले पाँच तारे होटेल बोलायो

‘छलफलको शुरुमा हामीले बैंकका अध्यक्ष र सीइओहरुको धारणा बुझ्छौं,’ राष्ट्र बैंकका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘त्यसपछि गभर्नर, डेपुटी गभर्नर र विभागीय प्रमुखहरुले मर्जरमा जानका लागि तीब्र दबाब दिने अभिव्यक्ति दिनेछन् ।’

११ बजेअघि नै वाणिज्य बैंकका अध्यक्ष तथा सीइओहरु याक एण्ड यति होटेल पुगिसकेका थिए । राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपाल, डेपुटी गभर्नर शिबरँज् श्रेक्ष्ठ, चिन्तामणि शिवाकोटी लगायत राष्ट्र बैंकका उच्च अधिकारीहरु पनि पुगिसकेका थिए ।

राष्ट्र बैंकले २८ वटा बैंकलाई १५ वटामा झार्नका लागि बैंकहरुलाई मर्जरमा जान दबाब दिएको हो । मौद्रिक नीतिले ठूला बैंकहरुको मर्जरका विषयमा प्रष्ट बोल्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।


पुष्प दुलाल