यसरी जडान हुँदैछ माथिल्लो तामाकोशीको सुरुङमा पाइप (फोटोफिचर )



काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा पाइप राख्ने काम धमाधम भइरहेको छ ।

आयोजनाका अनुसार कार्यसम्पादनमा करिब करिब असफल जस्तै भएको भारतीय कम्पनी टेक्सम्याको रेलल्वे इन्जिनियरिङ कम्पनीले पनि ठाडो सुरुङमा पाइप राख्न थालेको हो ।

मंगलबारदेखि माथिल्लो ठाडो सुरुङमा पाइप राख्न थालिएको हो । माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । अष्ट्रियन कम्पनी एन्ड्रिजले यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप राख्न थालिसकेको छ ।

२.५ मिटर लम्बाई भएको ९ टन वजन भएको पहिलो पाइप सुरुङमा जडान सुरु भएको हो । कूल ३५ टन क्षमता भएको ग्रान्टी क्रेनबाट पाइप जडान गरिएको हो ।

तस्विर सौजन्य : माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

 


क्लिकमान्डु