उर्जामन्त्रीले चिनियाँ राजदूतलाई सोधे, चिनियाँ ठेकेदार कम्पनीले नेपालमा काम किन गरेनन् ?

क्लिकमान्डु २०७६ असार १० गते १३:४५ मा प्रकाशित

काठमाडौ– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र वजार विस्तारको लागी पहल गरिरहेको भन्दै चिनियां लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरे । उनले सरकारले जलविद्युतको लागी भारत र वंगलादेशमा बजारको लागी पहल जारी राखेको जानकारी समेत दिए ।

‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र वजार विस्तारका लागी हामी पहल गरिरहेका छौं, भारत र वङगलादेशसंग समेत यसवारेमा छलफल भइरहेको छ । यसमा चिनियां लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ,’ मन्त्री पुनले भने ।

चिनियाँ लगानीकर्ता र निर्माणकम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडीको कारणबारे पनि जिज्ञासा राखेका थिए ।
जवाफमा राजदूत यान्छीले चिनियां कम्पनीले भोगेका समस्याहरुको वारेमा जानकारी दिंदै त्यसवारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताए ।

मन्त्री पुनले राजदूतसंगको भेटमा भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहां किन गर्न सकिरहेका छैनन् । समस्या के हो जस्का कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ । ’

उनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन आग्रह गरे ।

मन्त्री पुनले दुधकोशी जलविद्युत आयोनामा हाल विश्व वैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्नको लागी थप २ खर्व अपुग भएकोले चिनियां सहयोगको लागी पहल गरिदिन आग्रह गरे ।

भेटमा चिनियां राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिइन् ।
उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियां कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिइन् ।

राजदूत यान्छीले भन्नुभयो ‘ चीन नेपालको सांच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागी पहल गरिरहेको छ । ’

चिनियां कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिषा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेको चिनियां राजदूतको भनाई थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरु चार वर्ष सरकारसंग समय रहेको भन्दै यो अवधीमा नेपालले वढीभन्दा बढी उपलव्धी हासिल गर्छ भन्नेमा आफु आशावादी रहेको धारणा राख्नुभयो ।

मन्त्री पुन र राजदूत यान्छीबीचकोभेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स