१ महिनामा ७७० जना विरुद्ध भ्रष्टाचारको मुद्दा, २ अर्ब २१ करोड बिगो दावी



काठमाडौ. । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै भन्सार विभागका एक जना नायब सुब्बालाई २ करोड रुपैयाँ बढी अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गरयो । सोही दिन आयोगले अन्य ३ जना विरुद्ध पनि विशेष अदालमात मुद्दा दायर गर्यो । अख्तियारले पछिल्ला दिनमा दैनिक औसतमा ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै आएको छ ।

अख्तियारको सक्रियतासँगै मुद्दा दायर गर्ने र घुस लिँदा लिँदै सकरारी कर्मचारी पक्राउ गर्ने क्रम समेत बढेको छ ।

अख्तियारले सेवाग्रही बढी हुने सरकारी कार्यालयमा सेवाग्राहीकै भेषमा कर्मचारी परिचालन गरेको छ । जसका कारण घुस लिँदा लिँदै रंगेहात पक्राउ पर्ने कर्मचारीको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । अख्तियारका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ७७० जना विरुद्ध मुद्दा दायर गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशत बढी हो । तर ठूला घुस काण्ड तथा अनियमिततामा भने अख्तियारले अझै प्रभावकारी रुपमा काम गर्न सकेको छैन । शक्तिको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्ने माथि अख्तियारको कारवाही अझै प्रभावकारी हुन सकेको छैन ।

यस्तै आयोगले आरोपितसँग २ अर्ब २१ करोड बढीको बिगो समेत माग गरेको छ । अख्तियारले तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विवरण सार्वजनिक गरेपनि हालसम्म थप कारवाही गरेको छैन । यस्तै नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काको १८ करोड बराबरको भ्रष्टाचार गरेको दावी सहित मुद्दा दायर गरेको थियो ।


क्लिकमान्डु