माथिल्लो कर्णालीको ५ सय मेगावाट विद्युत् खरीद सम्झौता छिट्टै हुन्छः बंगलादेश



काठमाडौँ । बंगलादेश सरकारले निकट भविश्यमा नै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् खरीद गर्ने विषयमा सम्झौता हुने संकेत गरेको छ ।

नेपाल र बंगलादेशका ऊर्जा सचिव स्तरीय बैठकको क्रममा बंगलादेशका उच्च अधिकारीले माथिल्लो कर्णालीको विद्युत् खरीदका बारेमा आवश्यक निर्णय हुने चरणमा रहेको जानकारी नेपाली अधिकारीलाई गराएका हुन् ।

बंगलादेशको भ्रमणपछि आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव दिनेशकुमार घिमिरेले उक्त कुराको जानकारी दिएका हुन् । उनले भारतीय कम्पनी जिएमआरले निर्माण गर्न लागेको सो आयोजनाबाट उत्पादित विद्युत बगलादेशले खरीद गर्ने विषमया सैद्धान्तिक सहमति भएपनि व्यवहारिक रुपमा सहमति हुन सकेको थिएन । सोही सन्दर्भमा बंगलादेशी अधिकारीले निकट भविस्यमा नै सहमति हुने बताएको सचिव घिमिरेले उल्लेख गरे ।

विद्युत् खरीद सम्झौताको विषयमा सहमति हुन नसक्दा जिएमआरले आयोजनाको काम समेत अगाडि बढाउन सकेको छैन ।
यस्तै गत असोज ३ गतेदेखि माथिल्लो कर्णालीको म्याद समेत थपिन सकेको छैन । उक्त आयोजनाबाट विद्युत् खरीद गर्ने स्म्झौता भएपछि नेपालको अन्य आयोजनाको विद्युत् समेत बंगलादेश लैजान मार्ग प्रशस्त हुने सचिव घिमिरेको भनाइ छ । यस्तै नेपालको विद्युत् तत्कालका लागि भारतीय प्रसारण पूर्वाधार प्रियोग गरी आयात गर्ने र आगामी दिनमा छुट्टै प्रसारण प्रणालीको समेत विकास गर्न सकिने विषयमा दुई देशबीच छलफल भएको उनको भनाइ छ ।


क्लिकमान्डु