इटहरीमा टाटाको कार मेला सम्पन्न



इटहरी । टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता गोयल अटो प्रालिको सहकार्यमा इटहरीमा सम्पन्न भएको छ । कार्यक्रममा टाटा मोटर्सको भर्खरै बजारमा आएको टिगो जेठ एक्स प्लस सार्वजानिक गरिएको छ ।

मेला बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजेसम्म सञ्चालन भएको ३ दिनसम्म चलेको थियो । गर्मी मौसमको कुनै प्रवाह नगरी मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार मेलामा टाटाका विभिन्न मोडलका गाडीहरु समेत बिक्री भएको थियो । मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किनबेचको सुबिधा समेत प्राप्त गरेका थिए ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने व्यवस्था पनि रहेको थियो ।

मेलामा ग्राहकहरुले ‘अन दि स्पोट फाइनान्सिङ’ का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एकसचेञ्च लोयल्टी बोनशजस्ता सेवा तथा सुविधाहरु उपलब्ध गराइएको थियो ।


पुष्प दुलाल