बैंकहरुको सेवा शूल्कमा राष्ट्र बैंकको नजर, केही बैंकले ‘अत्ति’ गरेको निष्कर्श



काठमाडौं । बैंकहरुले लिने सेवा शूल्कमा राष्ट्र बैंकले नजर लगाएको छ । बैंकहरुले ग्राहकसँग चर्को सेवा शूल्क लिएको भन्दै ब्यापक जनगुनासो आएपछि राष्ट्र बैंकले अध्ययन गरेको थियो ।

राष्ट्र बैंकको नियमन विभाग, सुपरिवेक्षण विभागले बैंकहरुको सेवा शुल्कको बारेमा उच्च व्यवस्थापनलाई ब्रिफिङ गरेका छन् । सोमबार दिउँसो विभागका प्रमुखले डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई ब्रिफिङ गरेका हुन् ।

‘बैंकहरुले चर्को सेवा शूल्य अशूलेको जनगुनासो आएपछि हामीले अध्ययन गरेका थियौं,’ नियमन विभाग स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘हाम्रो अध्ययनमा बाहिरिका विभिन्न देशको भन्दा नेपालका बैंकहरुले लिएको सेवा शूल्य कम देखिएको छ । तर, केही बैंकले भने अत्ति नै बढी लिएको देखिएको छ ।’

समग्रमा नेपालको बैैंकिङ क्षेत्रले ग्राहकसँग असूल्ने सेवा शुल्क सन्तोषजनक भए पनि केही बैंकले निकै बढी लिएको देखिएको ती अधिकारीले बताए ।

‘समग्र बैंकिङ क्षेले लिने सेवा शूल्क महंगो छैन, ठीकै छ, तर केही बैंकले बढी लिएकाले राष्ट्र बैंकले ती बैंकलाई सेवा शूल्क घटाउन कडा निर्देशन जारी गर्छ,’ स्रोतले भन्यो ।

बैंकको सहयोगले नै सर्वसाधारण पनि उद्यमी बन्न सक्ने भएकाले चर्को सेवा शूल्कका कारण बैंकबाट ऋण लिने हिम्मत नै नगर्ने अवस्थाको अन्त्य गर्न राष्ट्र बैंक लागि परेको स्रोतको दाबी छ ।

‘२८ वटा वाणिज्य बैंकमध्ये ३÷४ वटा बैंकले मात्रै ग्राहकसँग चर्को सेवा शूल्क लिएको पाइएको छ,’ स्रोतले भन्यो, ‘हामी चाँडै नै ‘ट्रिट’ गर्छौं ।’

बैंकहरुको चर्को ब्याजदर र सेवा शूल्कका विरुद्धमा केही समयअघि आन्दोलनमा उत्रिएका थिए । व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर भेटेर ब्याजदर घटाउन माग गरेका थिए ।

त्यसपछि राष्ट्र बैंकले स्प्रेडको गणना विधि परिवर्तन गरेर र क्रमश स्प्रेड घटाउँदै लगेर ब्याज घटाउने नीति लिएको थियो । तर, बैंकहरुले ब्याजदर घटाएका छैनन् । उल्टै सेवा शूल्क बढाएका छन् ।


पुष्प दुलाल