प्रधानमन्त्री ओली जन्मिएको तेह्रथुम जिल्लामा केन्द्र सरकारको एउटा पनि कार्यक्रम परेन
काठमाडौं । वि.सं. २००८ साल फागुन ११ गते शनिबार तेह्रथुमको आठराइस्थित इवा भन्ने गाउँमा जन्मिएका केपी शर्मा ओली अहिले देशको प्रधानमन्त्री छन् ।
तेह्रथुमबाटै वि.सं २०२२ सालमा कम्युनिष्ट पार्टीमा लागेका ओली २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर सक्रिय राजनीतिक जिबन शुरु गरेका थिए ।
पछि झापा झरेर २०२८ सालको झापा आन्दोलनका प्रमुखमध्ये एक थिए ।
केन्द्रबाट बन्ने झोलुङे पुलका १८ आयोजना प्रधानमन्त्री ओलीको जिल्ला झापामा
धेरैलाई लाग्न सक्छ, प्रधानमन्त्रीले आफू जन्मिएको जिल्लामा धेरै कार्यक्रम राखेर पक्कै पनि मोटो रकम बजेट दिएका होलान् । नलागोस् पनि कसरी मन्त्री प्रधानमन्त्रीहरुले आफ्नो जिल्लामा धेरै कार्यक्रम र मोटो रकम बजेट पारिरहेको हामीले देखेभोगेकै कुरा हो ।
तर, प्रधानमन्त्री ओली जन्मिएको तेह्रथुम जिल्लामा आगामी आर्थिक वर्षको बेजेटले केन्द्र सरकारबाट एउटा पनि कार्यक्रम दिएको छैन ।
प्रदेश नं. १ मा केन्द्र सरकार एउटा पनि कार्यक्रम नपाएको एकमात्र जिल्ला हो तेह्रथुम । केन्द्र सरकारले प्रदेश नं. १ का लागि ४ अर्ब ३१ करोड ६८ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अरु जिल्लामा दर्जनौं कार्यक्रम छन् तेह्रथुममा भने एउटा पनि विकास कार्यक्रम छैन ।
प्रदेशबाट तेह्रथुममा जम्मा ३ वटा कार्यक्रम छन् । म्याङलुङ नगरपालिकास्थित एम्फवामा, छथर गाउँपालिकाको पापलुङ र मेन्छायेम गाउँपालिका माइकाएराही झोलुङ्गे पुलका कार्यक्रम छन् ।
तेह्रथुम मात्रै यस्तो जिल्ला हो जहाँ स्थानीयस्तरका पनि कार्यक्रमहरु छैनन् ।
साना सिँचाइ कार्यक्रम अन्तगर्तत म्याङ्गलुङ्ग नगरपालिका र लालीगुराँस नगरपालिकामा नयाँ सिँचाइ योजना छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ मा संघ, प्रदेश एवं स्थानीय तहबाट सञ्चालन हुने वार्षिक विकास कार्यक्रममा तेह्रथुममा कुनै पनि विकास कार्यक्रमहरु नभएको उल्लेख छ ।