जोशी हाइड्रोपावरको टर्वाइनमा आगो लाग्यो

क्लिकमान्डु २०७६ जेठ २८ गते १७:४१ मा प्रकाशित

काठमाडौं । इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ । मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन ।

वडा नं ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको छ । आगो के कारणले लागेको भन्ने बारेमा यकिन हुन सकेको छैन । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स