यी १३ कम्पनीको आइपिओ किन्नेहरु घाटामा, कसलाई कति घाटा भयो ? (सूचिसहित)



काठमाडौं । तपाईं सेयर बजारमा किन लगानी गर्नुहुन्छ ? सीधा जवाफ छ- कमाउन ।

कमाउनै भनेर स–सानो पुँजी जम्मा गरेर साधारण सेयर (आइपिओ) मा लगानी गर्नेहरु धेरै छन् । अहिले गरिएको सानो लगानी भविष्यमा ठूलो होस् भन्ने आम लगानीकर्ताको चाहना हुन्छ ।

तर सेयरमा लगानी गर्नुभन्दा अघि राम्रो कम्पनीको छनोट गर्न सक्नुपर्छ । होइन भने उल्टै घाटा खाइन्छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइरहेका १३ वटा कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताको हालत त्यस्तै छ । प्रतिकित्ता १०० रुपैयाँमा किनेको सेयर बढेर २००/३००/५०० हुन त परै जाओस् । उल्टै घटेको छ ।

अन्तिम कारोबार भएको दिन अर्थात् मंगलबार सेयर बजारमा १७२ कम्पनीको कारोबार भएको थियो । कारोबार भएको १७२ कम्पनी मध्ये १३ वटा कम्पनीको आइपिओ किन्ने लगानीकर्ताहरुले आफ्नो लगानीमै ४ रुपैयाँदेखि ३३ रुपैयाँसम्म घाटा खाएका छन् ।

सबै भन्दा बढी खानीखोला हाईड्रोपावरमा लगानी गरेका लगानीकर्ताले गुमाएका छन् । प्रतिकित्ता १०० रुपैयाँमा साधारण सेयर किनेका लगानीकर्ताहरुले यतिबेला प्रतिकित्ता ३३ रुपैयाँसम्म नोक्सानी व्यहोरेका छन् ।

त्यसैगर, दिब्यश्वरी हाईड्रोपावरका लगानीकर्ताहरुले प्रतिकित्ता ३२ रुपैयाँ, नेशनल हाईड्रोपावर लगानीकर्ताले प्रतिकित्ता ३१ रुपैयाँ नोक्सानी व्यवहोरेका छन् ।

यी मात्र हैन अन्य कम्पनीका लगानीकर्ताहरुले पनि गुमाएका छन् ।

पछिल्लो समयमा साधारण सेयर कारोबारमा लगानीकर्ताहरुले पनि निकै चासो देखाउन थालेका छन् । केही कम्पनीको कारोबार अवस्था हेर्दा सस्तो मूल्यमा अर्थात् १०० रुपैयाँमा सेयर किन्न कुन कम्पनीको साधारण सेयर आउला र किनौंला भन्नुपर्ने कुनै बाध्यता भने छैन ।
किनकि अहिले नै १३ वटा कम्पनको सेयर आइपिओमा भन्दा पनि न्यून मुल्यमा पाइन्छ ।

१०० रुपैयाँभन्दा कम सेयर मूल्य हुने कम्पनीहरुमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी भन्दा बाहेक सबै न्यून सेयर मूल्य हुने कम्पनीमा सबै जलविद्युत कम्पनी रहेका छन् ।

नियामक निकाय धितोपत्र बोर्डले पहिला कमजोर रेटिङ अर्थात् ५ रेटिङ पाएका कम्पनीलाई पनि साधारण सेयर जारी गर्न अनुमति दिएकोले लगानीकर्ता डुबेको जानकारहरु बताउँछन् । धितोपत्र बोर्ड भने कानमा तेल हालेर बसेको छ ।

company IPO price last share price Loss amount
Ankhu Khola Jalvidhyut Company Limited 100 75 25
Barun Hydropower Co. Ltd. 100 96 4
Chhyangdi Hydropower Ltd. 100 95 5
Dibyashwori Hydropower Ltd. 100 68 32
Ghalemdi Hydro Limited 100 88 12
Joshi Hydropower Development Company Ltd 100 88 12
Kalika power Company Ltd 100 96 4
Khanikhola Hydropower Co. Ltd. 100 67 33
National Hydro Power Company Limited 100 69 31
Ridi Hydropower Development Company Ltd. 100 94 6
Synergy Power Development Ltd. 100 92 8
UNIVERSAL POWER COMPANY LTD 100 95 5
World Merchant Banking & Finance Ltd 100 84 16


क्लिकमान्डु