लेजेन्ड कन्सल्ट्यान्टले किन्यो देशकै पूरानो र भेट्रान अर्बिट कन्सल्टेन्सी



झण्डै २ दशकअघि सन् २००० तिर उच्च शिक्षाका लागि विदेशी भूमिमा पाइला राख्नेको संख्या निकै कम थियो । धेरैका लागि त यो असम्भव जस्तै थियो ।

त्यसैले थोरैले मात्रै आँट गर्थे । फेरि नेपालीहरुका लागि गन्तव्यहरु कम थिए । जो कोहीको आर्थिक हैसियत पनि पुग्दैनथ्यो ।

यतिसम्म कि नेपालमा एजुकेशन कन्सल्टेन्सीहरु पनि निकै कम थिए । औँलामा गन्न सकिन्थे । संख्यामा सीमित थिए । हातका औंलामा एजुकेशन कन्सल्टेन्सीहरु गन्ती गर्दा कान्छी औंलामै आउँथ्यो, अर्बिट इन्टरनेशनल कन्सल्टेन्सी ।

उच्च शिक्षाका लागि विदेश जाने जो कोही पनि एक पटक अर्बिट पुगेकै हुन्थ्यो । अंग्रेजी भाषा पढ्न होस् वा विदेशका लागि अप्लाइ गर्नुअघि काउन्सेलिङ लिन नै किन नहोस् अर्बिटबाट कोही पनि अछुतो थिएन ।

अर्बिटलाई नयाँ ढंगले अगाडि बढाउनका लागि विभिन्न मार्केटिङका योजना अगाडि सारिएको छ । छलफललाई तीव्रता दिइएको छ । उच्च शिक्षाका लागि गन्तव्यहरु थप गरिँदैछ । काउन्सेलिङ र प्रोसेसिङका लागि समेत नयाँ ढंगले योजना बनाइएको छ ।

विद्यार्थीहरु विदेश जाने क्रम भर्खरै सुरु भएको थियो । मुलुक संक्रमणकाल मै थियो, द्वन्द्वले आक्रान्त मुलुकमा अभिभावकहरु सुरक्षित भविष्यका लागि सन्तान विदेश पठाउँदै थिए । हो, त्यही जगमा उभिएर हुर्किएको अर्बिट आज बिशाल वृक्ष बनेको छ । जहाँबाट ६० हजारभन्दा बढी विद्यार्थीले लाभ लिइसकेका छन् ।

अर्बिटमा ५० भन्दा बढी कर्मचारी काम गरिरहेका छन् । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म १५ जनाभन्दा बढी शिक्षकहरुले निरन्तर विद्यार्थीको सेवा गरिरहेका छन् ।

अर्बिटको ब्राण्ड यतिसम्म लोकप्रिय थियो कि यसैको नामलाई परिमार्जित गर्दै राजधानी मै कैयन कन्सल्टेन्सीहरु समेत खुले । अर्बिट मै काम सिकेर ५० भन्दा बढी कन्सलट्यान्टहरुले नयाँ कम्पनी सुरु गरे ।

विद्यार्थीका लागि मात्रै होइन, व्यवसायीका लागि समेत अर्बिट आधार थियो भन्न सकिन्छ ।

अर्बिटले विदेशको पढाइलाई सर्वसुलभ बनायो । नेपालीहरुको पहुँचमा ल्याइदियो । फलस्वरुप आज कैयन कन्सलटेन्सीहरु त्यही अर्बिटले खनेको बलियो जगमा व्यवसाय गरिरहेका छन् ।

अर्बिटप्रतिको यो अथाह विश्वास र मायालाई कत्ति पनि कम नभइ सेवाका लागि नयाँ ३ जना सारथी प्रकाश पाण्डे, शेषराज भट्टराई र थीरलाल भट्टले अर्बिटलाई नाम जस्तै विशाल बनाउँदै सफलताको उचाइ छुवाउन प्रयासरत छन् ।

मोबाइल आइसकेको थिएन । रेडियो सुन्ने चलन भर्खर मात्रै बढ्न थालेको थियो । रेडियोमा घन्किने अर्बिटको विज्ञापन सबैको मनमा बसिसकेको थियो । अर्बिटको क्रेज यतिसम्म थियो कि एजुकेशन कन्सल्टेन्सी, भाषा अध्यापनका लागि अर्बिट पर्याय जस्तै बनेको थियो ।

अर्बिटको यही विश्वसनियता आजसम्म पनि कायमै छ । मुलुक द्वन्द्वको समयदेखि शान्ति प्रक्रिया, गणतन्त्र र संघीय संरचना पुगिसकेको छ ।

तर अर्बिट एकनासले विशुद्ध सेवामा सक्रिय छ । अभिभावक र विद्यार्थीको बलियो जगमा जन्मिएर हुर्किएको अर्बिटको जीवनकालमा आजसम्म पनि कसैले औंला उठाएको छैन । अर्बिटको रातो र निलो रंगमा एउटा पनि दाग देखिएको छैन ।

यो निकै ठूलो उपलब्धी हो भन्छन्,- अर्बिटका सञ्चालकमध्येका एक शेषराज भट्टाराई ।

१९ वर्षको तथ्यांक केलाउँदै सञ्चालक भट्टराई थप्छन्,- ‘आजसम्म ६० हजारभन्दा बढीले सेवा लिइसकेका छन ।’

उमेरले २ दशक पुग्न लागेको अर्बिटले टिनएज पार गरी अगाडि बढ्दै गर्दा यात्रामा नयाँ आयाम थपिएको छ ।

अर्बिटको ऐतिहासिक लिगेसीमा हाल यही क्षेत्रका २ अनुभवी शिक्षाकर्मीहरु भित्रिएका छन् । प्रकाश पाण्डे र थीरलाल भट्ट । २०औं वर्षदेखि यही क्षेत्रमा लागेर अनुभवले खारिएका यी २ जना लेजेन्डसँगै स्मार्ट व्यक्तित्व शेषराज भट्टराईले साथ दिएका छन् ।

केही समय अगाडिसम्म ३ जना मिलेर सम्पूर्ण अर्बिटको शेयर आफ्नो हातमा लिए । ३ जान अनुभवी व्यवसायीहरु अर्बिटको लिगेसीलाई अगाडि बढाउने जिम्मेवारी लिएका छन् ।

प्रकाश पाण्डे एजुकेशन कन्सलटेन्सी क्षेत्रमा सबैभन्दा पुरानो र सबैभन्दा ठूलो संघ नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निर्वतमान अध्यक्ष हुन । पुतलीसडकमै मेट्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरिरहेका उनी बौद्धिक व्यक्तित्व मानिन्छन् । मिठो बोली र गहिरो राजनीतिक बुझाइ र सबैलाई मिलाएर लैजान सक्ने क्षमताका पाण्डे अर्बिटका सदस्य भएका छन् ।

सँगै उति नै मिठो स्वभाव र नम्र व्यवहारका धनी भट्टको आगामनले अर्बिट हौसिएको छ । ग्लोवल च्वाइस एजुकेशन कन्सलट्यान्टमा सञ्चालन गरिरहेका उनी र ३ जनाको नयाँ नेतृत्वको अर्बिटले सफलताको उँचो उडान भर्नेमा शेषराज भट्टराई विश्वस्त छन् ।

पाण्डे पनि अर्बिटसँगै जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

‘अर्बिट जस्तो बलियो ब्राण्ड बनाएको संस्था र कन्सल्टेन्सी क्षेत्रमा मेरो विशेषज्ञतालाई मिलाएर अगाडि बढाउन सकिन्छ भन्ने विश्वासका आधारमा म अर्बिटमा प्रवेश गर्ने निर्णय लिएको हुँ,’ उनले सुनाए ।

बागबजारबाट डिल्लीबजारतिर २० पाइला अगाडि बढाउँदै जाँदा अर्बिट नै नयाँ कार्यालय छ । जहाँ हरेक दिन ५० भन्दा बढी कक्षाहरु सञ्चालन भइरहेका छन् । कहिलेकाँही यो संख्या ७० सम्म पनि पुग्छ ।

अर्बिटलाई नयाँ ढंगले अगाडि बढाउनका लागि विभिन्न मार्केटिङका योजना अगाडि सारिएको छ । छलफललाई तीव्रता दिइएको छ । उच्च शिक्षाका लागि गन्तव्यहरु थप गरिँदैछ । काउन्सेलिङ र प्रोसेसिङका लागि समेत नयाँ ढंगले योजना बनाइएको छ । विद्यार्थीको हित र भविष्यलाई सर्वोपरी राखी त्यसैमा काम गर्नका लागि टिम खडा गरिएको छ ।

अहिले मुलुकभर शिक्षा मन्त्रालयमा दर्ता भएका र नभएका गरी करिब २५ सय वटा कन्सलटेन्सीहरु सञ्चालनमा छन् ।

पुतलीसडकको चोकदेखि डिल्लीबजारतर्फ १० पाइला अगाडि बढाइ, त्यत्तिनै पाइला बायाँ फर्काउनु भयो भने अर्बिट पुग्नुहुन्छ । जहाँबाट अर्बिटले आजसम्म सेवा दिइरहेको छ । प्रशासनिक कामलाई तल्ला तलामा र ल्यावलाई माथिल्लो तलामा राखेर अध्यापन गराइ रहेको छ ।

सोही भवनबाट बाहिर निस्किएर डिल्लीबजारतिर २० पाइला अगाडि बढाउँदै जाँदा अर्बिट नै नयाँ कार्यालय छ । जहाँ हरेक दिन ५० भन्दा बढी कक्षाहरु सञ्चालन भइरहेका छन् । कहिलेकाँही यो संख्या ७० सम्म पनि पुग्छ ।

अर्बिटप्रतिको यो अथाह विश्वास र मायालाई कत्ति पनि कम नभइ सेवाका लागि नयाँ ३ जना सारथी प्रकाश पाण्डे, शेषराज भट्टराई र थीरलाल भट्टले अर्बिटलाई नाम जस्तै विशाल बनाउँदै सफलताको उचाइ छुवाउन प्रयासरत छन् ।


पुष्प दुलाल