उर्जा क्षेत्रलाई ८३ अर्ब बजेट, बुढीगण्डकीलाई मात्रै १३ अर्ब
काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनालाई १३ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदबा बजेट प्रस्तुत गर्दै बुढीगण्डकीलाई छुट्याइएको जानकारी दिए ।
यसअघि सरकारले बुढीगण्डकी आयोजना बनाउनका लागि पुट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएको थियो ।
उर्जा क्षेत्रमा कूल ८३ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।
सबै नेपालीको घरमा आधुनिक उर्जा पुर्रयाउने, उर्जा नपुगेका कर्णली र सुदुरपश्चिम प्रदेशलाई पूर्णअध्यरो मुक्त प्रदेश बनाउने योजना रहेको अर्थमन्त्रीले जानकारी दिए ।
आगामी आर्थिक वर्षमा १००० मेगावाट बिजुली थपिने अर्थमन्त्रीले बताए ।