वृद्धभत्ता १ हजार रुपैयाँले बढाउँदा राज्यलाई १५ अर्ब ६० करोड रुपैयाँ व्ययभार थपियो



काठमाडौं । सरकारले वृद्धभत्ता १ हजार रुपैयाँले बढाएको छ । यसअघि ७० वर्षमाथिका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।

ओली सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढायो, अब मासिक ३ हजार वृद्धभत्ता, १३ लाखले पाउने

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक २ हजार रुपैयाँ हरको वृद्धभत्तालाई बढाएर मासिक ३ हजार रुपैयाँ पुर्याएको छ ।

अर्थमन्त्रीले बजेट भाषण गर्दै संसदमा भनेअनुसार १३ लाख वृद्धवृद्धाले यस्तो भत्ता पाउँने छन् । वृद्धभत्ता १ हजार रुपैयाँले बढाएर ३ हजार रुपैयाँ पुर्याउँदा राज्यलाई मासिक १ अर्ब ३० करोड तथा वार्षिक १५ अर्ब ६० करोड रुपैयाँ थप व्ययभार पर्ने देखिएको छ ।


क्लिकमान्डु