केटासँग पार्टनरसिपमा २७ वर्षे अंकितीले सुरु गरेको बिजनेस ४ वर्षमै १ अर्ब डलरको भयो



काठमाडौं । विश्व बजारमा प्रविधिको प्रभुत्व सबैभन्दा ठूलो छ । सानो कामदेखि ठूलो काम गर्नका लागि समेत प्रविधिको सहयोगबिना असम्भव जस्तै बनेको छ । प्रविधिको यही सकारात्मक प्रयोगलाई उपयोग गरेर भारतीय युवा अंकिती बोस अर्बौ डलरको कम्पनीको सिइओ बनेकी छन्, त्यो पनि ४ वर्षमै ।

नयाँ सोचका साथ स्टार्टअप सुरु गर्ने हो भने जे पनि गर्न सकिन्छ भन्ने उनी उदाहरण हुन् । धेरैका लागि प्रेरणाकी स्रोत बनेकी उनले सामान्य जागिर छाडेर स्टार्ट अप व्यवसायमा हात हालेकी थिइन् ।

सफ्टवेयर इन्जिनियरिङको पढाइ पूरा गरी जागिरमा हात हालेकी उनले २४ वर्षको उमेरमा स्टार्ट अप व्यवसाय गर्ने सोच फुरेको थियो । जसले आज उनलाई सफलताको उडान भराइरहेको छ । बोसले ४ वर्षअघि मात्रै सुरु गरेको जिलिङगो कम्पनी आज १ अर्ब अमेरिकी डलरको भएको छ ।

अंकिती साउथ इस्ट एसियाकी फेसन इ–कमर्स प्लेटफर्म जिलिङगोकी सिइओ र संस्थापक पनि हुन् । अंकिती पहिलो भारतीय महिला सिइओ हुन जसको कम्पनीले सफलताको उडानमा युनिकर्नको मान्यता पाएको छ ।

जिलिङगो कम्पनीको प्रधान कार्यालय सिंगापुरमा छ । तर उनले भने भारतको बैंगलोरमा बसेर सम्पूर्ण काम हेर्छिन् । त्यस्तै, कम्पनीका अर्का संस्थापकले ध्रुव कपुर पनि छन् । उनीसँग १ सयभन्दा बढी टिम छ ।

कम्पनीले आफ्नो कमाइबाट ३०६ मिलियन डलर फन्डिङबाट जुटाएकी थिइन । अर्थशास्त्र र गणित विषयमा ग्रायजुएट गरेकी बोसले सन् २०१२ मा मुम्बइस्थित सेन्ट जेवियर्स कलेजबाट पढाइ पूरा गरेकी थिइन ।

अंकिती र ध्रुवको भेट सन् २०१४ मा भएको थियो । त्यसपछि मात्रै बिजनेसको आइडिया आएको थियो । तर उनले आफ्नो व्यवसायका लागि सिंगापुरलाई छानेकी थिइन् ।

तत्कालिन समयमा भारतमा फिप्लकार्ट र अमेजन जस्ता ठूला कम्पनीले बजारमा प्रभुत्व जमाएका थिए । त्यसपछि आफ्नो अध्ययन र अनुसन्धानबाट उनले सिंगापुर छनोट गरेकी थिइन् । फलस्वरुप सन् २०१५ अप्रिल महिनामा जिलिङगो कम्पनीको सुरुवात भएको थियो ।

१ अर्ब अमेरिकी डलर भएका विश्वमा २३९ स्टार्ट अप कम्पनीमध्ये जम्मा २३ वटा कम्पनीको संस्थापक महिला छन् । अंकिती फोब्र्सले जारी गरेको गत वर्षको सूचीमा ३० वर्षभन्दा मुनीका व्यवसायीको सूचीमा समेत छिन् ।

स्टार्टअप सुरु गर्नुभन्दा अगाडि उनी तत्कालिन समयमा सेक्युरिङ इन्डिया कम्पनीमा एनलाइसिस्टका रुपमा काम गरिरहेकी थिइन् ।

हाल जिलिङगोले थाइल्याण्ड र कम्बोडिया समेतमा गरी ८ वटा देशमा कार्यालय स्थापना भइसकेको छ । कम्पनीमा अहिले ४ सय कर्मचारी काम गर्छन् । इन्डोनेसिया, थाइल्याण्ड र फिलिपिन्समा फेसनसँग सम्बन्धित इ–कमर्स व्यवसाय चलाइरहेकी छन् । एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल