२० वटा जलविद्युत् कम्पनीको नाफा ४.३४ प्रतिशतले बढ्यो (सूचिसहित)



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा २० वटा जलविद्युत कम्पनीको नाफा ४.३४ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ६९ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोहि अवधीमा आईपुग्दा १ अर्ब ७७ करोड २४ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २९ वटा कम्पनी मध्ये २० कम्पनीले रिपोर्ट सार्वजनिक गरेका छन् । जसमा १३ वटा जलविद्युत कम्पनीको नाफा बढाएका छन् । यस अवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा अरुण काबेली रहेको छ । अरुण काबेलीको नाफा ११४.६४ प्रतिशत रहेको छ । गत आवको तेस्रो त्रैमासमा १० लाख २४ हजार नोक्सानमा रहेको अरुणले यो अवधिमा आईपुग्दा १ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै अपी पावरको ९१.८३ प्रतिशत, अरुण भ्याली हाईड्रोपावरको ७४.५१८, नेपाल हाईड्रोको ३६.६६४ प्रतिशतले नाफा बढेको छ । प्रतिशतका आधारमा यी कम्पनीको नाफा बढे पनि रकमको आधारमा भने बुटवल पावर कम्पनीको नाफा बढी देखिएको छ । बुटवल पावर कम्पनीको नाफा ७५ करोड ८ लाख ७३ हजार रुपैयाँले रहेको छ । गत आवको सोहि अवधिमा ६५ करोड ९२ लाख १४ हजार रपैयाँ रहेको थियो ।

यो अवधिमा ७ जलविद्युत् कम्पनी नोक्सानमा रहेका छन् । जसमा आँखु खोला जलविद्युत कम्पनी, बरुण हाईड्रोपावर, खानीखोला, नेशनल हाईड्रोपावर, रैराङ हाईड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट नोक्सानमा रहेका छन् । यस्तै दिब्यशवरी हाईड्रोपावरको नोक्सान ३.५८ प्रतिशतले बढेको छ ।

जलविद्युत कम्पनी चालु आव नाफा  (रु ०००) गत आव नाफा (रु ०००) प्रतिशत अन्तिम सेयर मूल्य
Ankhu Khola Jalvidhyut -26,114 -35,405 -26.2421 82
Api Power Company 73,164 38,140 91.8301 163
Arun Kabeli Power 150 -1,024 114.64 205
Arun Valley Hydropower 41,743 23,919 74.51817 114
Barun Hydropower -2,154 -5,545 -61.1542 97
Butwal Power Company 750,873 659,214 13.90429 424
Chhyangdi Hydropower 7,138 4,926 44.90459 109
Chilime Hydropower Company 543,669 658,517 -17.4404 539
Dibyashwori Hydropower -20,625 -19,911 3.585958 72
Himalayan Power Partner 0 0 0 186
Kalika power Company 125,294 118,058 6.129191 95
Khanikhola Hydropower -100,525 -112,846 -10.9184 72
National Hydro Power Company 2,219 23,827 -90.687 73
Nepal Hydro Developers 20,073 14,476 38.664 167
Radhi Bidyut Company Ltd 47,203 42,338 11.49086 176
Rairang Hydropower 1,107 2,787 -60.2799 96
Ridi Hydropower 7,651 7,218 5.998892 99
Sanima Mai Hydropower 229,381 202,005 13.55214 227
Synergy Power Development 13,646 21,430 -36.3229 100
United Modi Hydropower 58,560 56,471 3.699244 118
total 1,772,453 1,698,595 4.34

 


क्लिकमान्डु