सरकारी कर्मचारीले मागे १ % ब्याजदरमै घर र गाडी किन्ने ऋण र परिवारलाई निःशुल्क उपचार



काठमाडौं । निजामति कर्मचारीहरुले १ प्रतिशत ब्याजदर मै घर र गाडी किन्ने ऋणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आगामी बजेटमार्फत् यस्तो व्यवस्था गर्न निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले यस्तो माग गरेको हो ।

बहस: सरकारी कर्मचारीलाई कति तलब भए पुग्छ ?

सरकारले नै कर्मचारीलाई गाडी किनेर दिने र ममर्त गरिदिन काम बन्दै गरी सबै कर्मचारीलाई १ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरिएको हो ।

बजेटमा कर्मचारीको मागः पियनको तलब ३५ हजार र महिलाका लागि स्तनपान कक्ष बनाउ

‘सबै राष्ट्रसेवक कर्मचारीलाई आवास भवन निर्माण गर्न र सवारी साधन खरिद गर्न न्यूनतम १ प्रतिशत ब्याजदरमा आवास भवन तथा सवारी कर्जाको ब्यबस्था गर्नुपर्ने,’ ट्रेड युनियनको मागपत्रमा भनिएको छ, ‘र, सरकारीस्तरबाट सवारी साधन खरिद तथा मर्मतको कार्यलाई स्थगित गर्नुपर्ने ।’

निजामति कर्मचारीले मागे टेलिकम र वाणिज्य बैंकसहित सरकारी संस्थानको १० प्रतिशत सेयर

कर्मचारी संचयकोषबाट निजामती आवास कर्जा अन्तर्गत प्रिमियम ब्याजदरमा उपलब्ध गराई जग्गा खरिद तथा घर निर्माणको लागि सबै निजामती कर्मचारीलाई जिल्ला-जिल्लाबाट आवास कर्जा उपलब्ध हने व्यवस्था गरिनुपर्ने ट्रेड युनियनको माग छ ।

निजामति कर्मचारी युनियनको १८ बुँदे निर्णयः बजेटमा तलव र भत्ता बढाउन दबाब दिइने

साथै ट्रेड युनियनले कडा रोग लागेका निजामति कर्मचारी र निजका परिवारलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

‘कडा र असाध्य रोग लागेका निजामती कर्मचारी र निजका परिवारलाई निशुल्क उपचारको प्रबन्ध गरिनुपर्ने साथै “परिवार” भन्नाले निजामती सेवा ऐन बमोजिम हुने ब्यवस्था गरिनु पर्ने,’ मागपत्रमा उल्लेख छ ।

ट्रेड युनियनले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेरै मागपत्र बुझाइसकेका छन् ।

‘निजामती अस्पताललाई अन्तराष्ट्रिय स्तरको शिक्षण अस्पतालको रुपमा विकास गरी सात प्रदेशमा सूविधा सम्पन्न निजामती अस्पताल स्थापना गरी निजामती कर्मचारीहरुको निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता गर्ने । तत्कालका लागि सरकारी अनुदानबाट संचालित सबै अस्पतालबाट निजामती कर्मचारीलाई परिचयपत्रका आधारमा निःशुल्क उपचार गर्न पाउने व्यवस्था गरिनुपर्दछ ।’ मागपत्रमा भनिएको छ ।


क्लिकमान्डु