अमेठीबाट राहुल गान्धीले चुनाव हारेको स्विकार, चुनाव हारेपछि मोदीलाई बधाई दिए
नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचनमा नरेन्द्र मोदीको नेतृत्वमा बिजेपी गठबन्धनले सुनामी जित हासिल गरेको छ ।
कांग्रेस आइका अध्यक्ष राहुल गान्धी अमेठीबाट चुनाव हारेका छन् । यो सिट गान्धी परिवारको परम्परागत सिट थियो । उनले पत्रकार सम्मेलनमा अमेठीबाट चुनाव हारेको स्विकार गरेका छन् ।
राहुल गान्धीले हारको जिम्मेवारी समेत आफ्नो बताएका छन् ।
अहिलेसम्म औपचारिक घोषणा नभएपनि बिजेपीकी स्मिृती इरानी राहुल गान्धीभन्दा अगाडि छन् ।
राहुल गान्धीले अमेठीमा चुनाव हारेपनि केरलाको वायनायडबाट भने चुनाव जितेका छन् । कांग्रेस आईले सन् २०१४ को तुलनामा सिट बढाएपनि राहुल गान्धीको नेतृत्वमा चुनाव लडेको कांग्रेस नराम्रोसँग पराजित भएको छ ।
अमेठीबाट राहुल गान्धीले चुनाव हारेको स्विकार, चुनाव हारेपछि मोदीलाई बधाई दिए
बिजेपी एक्लैले करिब ३०० सिट ल्याएको छ । युपीमा समाजवादी र बहुजन समाजवादी पार्टीबीच महागठबन्धन भएपनि बिजेपीलाई रोक्न सफल भएनन् । कांग्रेस आइले हालै जितेको मध्यप्रदेश,राजस्तान र छत्तिसगढमा समेत नराम्रोसँग निर्वाचनमा पराजित भयो ।
मोदीको नेतृत्वमा बिजेपीले पश्चिम बंगालमा समेत सानदार जित हासिल गरेको छ ।
चुनाव हारेपछि आयोजित पत्रकार सम्मेलनमा गान्धीले आफुले बिचारधाराको लडाई लड्ने बताए ।