सस्तो बाइकको खोजीमा हुनुहुन्छ ? भैरहवा भन्सारले गर्दैछ १०२ थान बाइक लिलामी



काठमाडौं । तपाईं मोटरसाइलक किन्ने सोचमा हुनुहुन्छ ? सस्तो मोटर साइकल खोजिरहनु भएको छ भने तपाईका लागि सुवर्ण अवसर छ । भैरहवा भन्सार कार्यालयले ७२ थान मोटरसाइकल लिलाम गर्न लागेको छ ।

भन्सार छली चोरी निकासी पैठारी अभियोगमा दाखिला भएका त्यस्ता मोटरसाइकल लिलामी गर्न लागिएको भन्सार कार्यालय भैरहवाले जनाएको छ । विभिन्न ब्राण्डका ७२ थान मोटरसाइकल लिलामी गर्न लागिएको हो ।

यस्तै
कार र जीप ९ थान, मोटरसाइलक, स्कुटर ३० थान, पत्रु अवस्थामा पुगेका कार जीप १२ थान र पत्रु ट्रक १ थान समेत लिलामी गर्न लागिएको हो ।

ती सामान जे जस्तो अवस्थामा छन् तिनलाई शिलबन्दी बोलपत्रको माध्यमबाट लिलामी गर्न गर्न लागिएको विभागले जनाएको छ ।

लिलाम बिक्रीको सूचना प्रकाशित भएको २१ दिनभित्र आवश्यक शर्त पूरा गरी गोप्य शिलबन्दी आवेदन दिई बोलपत्रमा सहभागी हुन भन्सार कार्यालय भैरहवाले अनुरोध गरेको छ । बोलपत्र फारम भैरहवा भन्सार कायाृलयको लेखा शाखाबाट प्राप्त गर्न सुकिने छ ।

भैरहवा भन्सार कार्यालयले सो सम्बन्धमा केही बुझनु पर्ने भए कार्यालय समयभित्र मुद्दा शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।


पुष्प दुलाल