सुर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस दिने



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको गत शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले १ अर्ब १३ करोड १९ लाख रुपैयाँको १२ प्रतिशत र बोनसमा लाग्ने कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिको अनुमति पनि साधारण सभाले पातिर गरेको खण्डमा लगानकर्ताले पाउने छन ।

इन्स्योरेन्सले आर्थिक बर्ष ०७४–७५ को लेखा परीक्षण पछि रहेको वितरण योग्य नाफाबाट उृक्त लाभांश दिने प्रस्ताव गरेको हो छ ।  बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।

इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारीमा रहेको छ । बोनस र हकप्रद जारी भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६ करोड भन्दा बढी हुने छ ।


क्लिकमान्डु