८६ प्रतिशतको बोनस घोषणाले सगरमाथा इन्स्योरेन्समा खरिदकर्ताको चाप, सेयर मूल्य साढे ६ प्रतिशतले बढ्यो



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले दिन लागेको ८६ प्रतिशत बोनस सेयरको घोषणाले खरिदकर्ताको चाप बढेको छ ।

स्टकको मार्केट डेप्थ अनुसार बजार खुलेको केही समयमा नै सगरमाथामा खरिद गर्न चाहनेहरु अत्याधिक बढेका छन् ।
मार्केट डेप्थ अनुसार अहिलेसम्म सगरमाथा खरिदको लागि २५ हजार ४७५ कित्ता सेयर खरिदका लागि अर्डर छ । यस्तै बिक्रीका लागि ८ हजार ४६ कित्ता अर्डरमा रहेको छ ।
८६ प्रतिशत बोनस सेयर घोषणासँगै यसको सेयर मूल्य कारोबार सुरु भएको ३० मिनेट नहुँदै प्रतिकित्ता १०० रुपैयाँले बढेको छ । अहिले यसको सेयर मूल्य १६३० पुगेको छ ।


क्लिकमान्डु