शहरबासीको थकान मेटाउन बुढानिलकण्ठमा मेराकी रिट्रिट, चौधरी ग्रुपको १० करोड लगानी



काठमाडौं । शहरदेखि नजिक तर शान्त वातावरणमा सप्ताह मनाउने कुनै योजना छ ? वा प्राकृतिक उपचार विधि चाहिएको छ ? यदि त्यसो हो भने चौधरी समूहले बुढानिलकण्ठमा केही दिनअघि सुरु गरेको ‘मेराकी वेलनेस रिट्रिट’ तपाईंका लागि उपयुक्त गन्त्व्य हुनसक्छ ।

बुढानिलकण्ठ मन्दिरदेखि ३ किलोमिटर उकालो चढेपछि मेराकी पुगिन्छ ।

शहरको व्यस्त जीबनशैलीका कारण शारीरिक तथा मानसिक थकान बढी हुनेहरुको थकान मेटाउने उद्देश्यले मेराकी सुरु गरिएको कम्पनीका निर्देशक करण चौधरीले जानकारी दिए ।

निर्देशक चौधरीका अनुसार १५ रोपनी जग्गामा फैलिएको मेराकीमा पहिले नै बनेका २ वटा भवनलाई प्रयोग गरिएको छ भने थप पूर्वाधारमा १० करोड रुपैयाँ लगानी गरिएको छ ।

अरुण चौधरी विदेशमा जाँदा देखेको व्यवसाय र पछि सोच पलाएको थियो । नेपालमा पनि सुरु गर्ने योजना अन्तर्गत बुढानिलकण्ठमा पहिले नै भएको अरुण चौधरीको ‘फार्म हाउस’लाई व्यवसायिक रुप दिएका हुन् ।

मेराकीमा प्राकृतिक उपचारका विभिन्न विधि अपनाइएको छ । जसअन्तर्गत हाइबरब्यारिक ओटु चेम्बर, कोलोन हाइड्रो थेरापी, साल्ट हेलोथेरापी, साउना स्टिम तथा हट कोल्ड वाटर थेरापी जस्ता सेवा समेत उपलब्ध छ ।

३० वर्षदेखि यो क्षेत्रमा अनुभव संगालेर खारिएका मलेसियन नागरिक डोनाल्ड चा नेतृत्वको टिम मेराकीमा जानेहरुलाई पूर्ण आनन्द दिन र रिफ्रेस बनाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

शहरको कोलाहलमय दैनिकीबाट एकैछिन भए पनि आराम लिन र फ्रेस हुन चाहनेका लागि यो उपयुक्त थलो हो । कम्पनीले ग्राहकले लिने सेवा र बिताउने समयका आधारमा सेवा शुल्क समेत तोकेको छ ।

मेराकीको व्यवस्थापन हेरिरहेका डोनाल्ड चाका अनुसार २५ सयदेखि १० हजारसम्मका सेवा उपलब्ध गराइएको छ । एकजना व्यक्तिले आधा दिनमात्रै बिताउँदा न्यूनतम ३५ सय खर्च गरे पुग्छ ।

त्यस्तै, पूरा दिन बिताउने हो र धेरै सेवा लिने हो भने १० हजार रुपैयाँसम्म खर्चले पुग्छ ।

कम्पनीले धेरै मानिस जम्मा गर्नेभन्दा पनि गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेको छ ।

‘तपाई मेराकीको सेवा लिएर फर्कदा शारीरिक र मानसिक रुपमा थकानमुक्त भएको अनुभव गर्नु हुनेछ, त्यसका लागि हामीले सेवा र सुविधालाई ध्यानमा राखेका छौं’ कम्पनीका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले बताए ।

यदि तपाई धुम्रपान गर्नुहुन्छ भने तपाईका लागि मेराकीले साल्ट हेलोथेरापी उपलब्ध गराएको छ । यो थेरापीमा बन्द कोठामा नुनको तत्वलाई हावामा फैलाएर श्वासप्रवासका माध्यमबाट फोक्सो सफा गरिन्छ ।

कोठाभित्रै पनि तपाईले मसाज लिन सक्नुहुन्छ भने कोठालाई स्वीट रुमका रुपमा डेकोरेट गरिएको छ ।

त्यस्तै खाना अपच हुने तथा समग्रमा पाचन प्रक्रियामा समस्या हुनेले कलोन हाइड्रोथेरापी लिन सक्छन् । यो प्रविधि प्राकृतिक उपचारको नयाँ पद्धति हो । यस थेरापीमा पेट तथा विशेषगरी आन्द्रा सफा गर्न प्रयोग गरिन्छ ।

मेराकीमा दिनभरी थेरापी लिएर रात बिताउन चाहनेका लागि समेत सेवा उपलब्ध गराइएको छ । जसका लागि ८ वटा रुमको व्यवस्था समेत गरिएको कम्पनीले जानकारी दिएको छ । कोठाभित्रै पनि तपाईले मसाज लिन सक्नुहुन्छ भने कोठालाई स्वीट रुमका रुपमा डेकोरेट गरिएको छ ।

मेराकीमा सेवा दिनका लागि ३० जना स्टाफ छन् । ३० वर्षदेखि यो क्षेत्रमा अनुभव संगालेर खारिएका मलेसियन नागरिक डोनाल्ड चा नेतृत्वको टिम मेराकीमा जानेहरुलाई पूर्ण आनन्द दिन र रिफ्रेस बनाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

फोटोहरु मेराकीको वेवसाइटबाट    


पुष्प दुलाल