आइएमई जनरल इन्स्योरेन्स र बिदुर नगरपालिकाबीच सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बिदुर नगरपालिका, नुवाकोट बिच बिदुर नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र कुमार ठाकुर र बिदुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री दिवाकर चापागाईले हस्ताक्षर गरे ।

उक्त संझौता पश्चात बिदुर नगरापालिकामा रहेका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरापालीकाले आफना नगरबासीहरुको पशुधन, कृषि तथा नगराबासीहरको दुर्घटना बीमा गराई नुवाकोट जिल्लामानै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।

सोही अवसरमा नगरपालिकाका मेयर सञ्जु पण्डितले आफूले आफना नगरावासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिसँग संझौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे ।


क्लिकमान्डु