ग्ल्यामर व्यवसायी सुरज बैद्यले पैसा चैं कति कमाउँछन् ?



काठमाडौं । सुरज वैद्य अर्थात् देशका प्रतिष्ठित व्यवसायी । मिस इण्डिया ऋतु सिंहसँग बैबाबिह बन्धनमा बाँधिएका बैद्यकाे ग्ल्यामरनेश चर्चा पनि उत्तिकै हुन्छ व्यावसायिक जगतमा ।

अग्लो कद । गोरो वर्ण । फिटनेश शरिर । ५० वर्ष नाघिसक्दा पनि अझै योङ, एट्र्याक्टिभ र हेन्डसम । छोटकरीमा शब्दमार्फत् यसरी बैद्यको वर्णन गर्न सकिन्छ ।

वैद्य नेपाल भ्रमण वर्ष सन् २०२० का राष्ट्रिय संयोजक हुन् । नेपालमा कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भनेर दिनरात सोचिरहेका हुन्छन् उनी यतिखेर ।

अटोमोबाइल्स, चिया उद्योग, पर्यटन क्षेत्र र हालै मात्र सिमेन्ट उद्योगमा हात हालेका वैद्यले कमाई कति हुन्छ ? आज हामी यसबारे जानकारी दिँदैछौं ।

सुरज वैद्यको प्रमुख व्यवसाय भनेको गाडीको बिक्रेता हो । उनको कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेड नेपालको लागि टोयटा गाडीको आधिकारिक बिक्रेता हो ।

सुरजका बुवा विजयगजानन्द वैद्यले टोटटाको बिक्रेता भएका थिए । जसले गर्दा वैद्यज् अर्गनाइजेशनलाई अगाडि बढाउन मद्दत पुग्यो ।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिमा सुरज वैद्यको नाममा ६० प्रतिशत सेयर छ । उनकी श्रीमती रितुसिंह वैद्यको नाममा ३० प्रतिशत सेयर छ । सुसन वैद्य श्रेष्ठको नाममा १० प्रतिशत सेयर छ । कम्पनीको व्यवस्थापनको जिम्मेवारी सुरजको श्रीमती रितुसिंह वैद्यले प्रवन्ध निर्देशकको रुपमा हेर्ने गरकी छन् । 

कम्पनीले अहिले व्यवसाय विस्तारको लागि ३ अर्ब १० करोड रुपैयाँ ऋण लिन लागेको छ । यसको लागि युनाइटेड ट्रेडर्सले रेटिङ गराएको छ । राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋण लिदा रेटिङ लिनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार युनाइटेडले रेटिङ गराएको हो ।

रेटिङ ऐजेन्सी केयर नेपालले सुरज वैद्यको कम्पनीले लिन लागेको ऋणलाई ए थ्री रेटिङ दिएको छ ।

युनाइटेडले बुझाएको विवरण गत आर्थिक वर्ष २०७४/७५ मात्र खुद नाफा ८० प्रतिशतले बढाएको रेटिङ गर्दा देखिएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ३४ करोड रुपैयाँ नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा कम्पनीको नाफा १८ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

गतवर्ष मात्र वैद्यले युनाइटेड ट्रेडर्सले गरेको नाफाको आधारमा २० करोड ४० लाख रुपैयाँ आम्दानी गरेका छन् । उनकी पत्नी रितुले १० करोड रुपैयाँ आम्दानी गरेकी छन् ।

युनाइटेड टेडर्सको कारोबार गत आर्थिक वर्षमा ह्वातै बढेको छ । गत आर्थिक वर्षमा युनाइटेडले ७ अर्ब १८ करोड रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ४ अर्ब ३८ करोड रुपैयाँको कारोबार रहेको थियो । २०७२/७३ मा कारोबार ४ अर्ब ७९ करोड रुपैयाँको कारोबार गरेको थियो ।

चालु आर्थिक वर्षमा भने गाडीको व्यापार अघिल्लो वर्षमा जस्तो नभएको देखिन्छ । ६ महिनाको तथ्यांकमा २ अर्ब ७७ करोड रुपैयाँको कारोबार कम्पनीले गरेको छ ।

कम्पनीले ७ शिर्षकमा गरेर ३ अर्ब १० करोड रुपैयाँ ऋण लिन लागेको छ । सबै खाले ऋणलाई रेटिङ ऐजेन्सीले ए थ्रि रेटिङ दिएको छ ।

यहाँ प्रस्तुत गरिएको बैद्यको कमाइ आम्दानी गाडी बिक्रीबाट मात्र हुने आम्दानीलाई मात्रै हेरिएको छ । उनका विभिन्न उद्योगहरु छन् । तर, मूख्य कमाइको स्रोत भनेको टोयटा गाडी बिक्रीबाट हुने आम्दानी नै हो ।


क्लिकमान्डु