९ महिनामै एनएमबि बैंकको नाफा १ अर्ब ६५ करोड, २० प्रतिशतको ग्रोथ



काठमाडौं । एनएमबि बैंकले १९.९३ प्रतिशतले नाफा बढाएको छ । बैंकले आज सार्वजानिक गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार १ अर्ब ६५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा ५०.८३ प्रतिशतले बढाएर खुद ब्याज आम्दानी ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोहि अवधिमा २ अर्ब ५ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

यस्तै बैंकको सञ्चालन मुनाफा २ अर्ब ३४ करोड ९१ लाख ५९ हजार रहेको छ । जुन गत आवको तेस्रो त्रैमासको भन्दा २३.३० प्रतिशतले बढी हो छ । गत आवको सोहि अवधिमा १ अर्ब ९० करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ रहेको छ । चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा बैंकको खराब कर्जा घटेर ०.९७ प्रतिशत रहेको छ ।

गत आवको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.१० प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रति सेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा रहेको छ ।


पुष्प दुलाल