ज्योति लाइफको नाफा बढ्यो २५.४६%, प्रतिसेयर नेटवर्थ कति ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले यो अवधिमा १० करोड ७ लाख ४७ हजार ५१६ रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा इन्स्योरेन्सको नाफा ८ करोड २ लाख ९६ हजार ७०४ रुपैयाँ रहेको थियो । यो अवधिमा नाफा २५.४६ प्रतिशतले बढेको छ ।

१ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २० करोड ४४ लाख ९२ हजार ७७३ रुपैयाँ रहेको छ । ४८ करोड २४ लाख १० हजार ३४३ रुपैयाँ जीवन बीमा कोष रहेको इन्स्योरेन्सको महा विपत्ती जगेडा कोषमा २ करोड १६ लाख ४९ हजार ४४७ रुपैयाँ रहेको छ । इन्स्योरेन्सको खुद बीमाशुल्क आय ५६ करोड ६८ लाख ५ हजार ३९३ रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी ८ रुपैयाँ २७ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।


क्लिकमान्डु