स्थलगत अध्ययनपछि राष्ट्र बैंकले नबिल बैंकलाई भन्यो- सचेत भएर काम गर्नु



काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकका खाताधनी डा सन्तोष नेपालको खातामा २३ अर्ब ७५ करोड आएको विषयमा स्थलगत अध्ययन गरेको छ ।

राष्ट्र बैंकको टोलीले बिहीबार नै यसको विषयमा जानकारी लिएको हो ।

नबिल बैंकले ५ घण्टा अर्बपति बनाइदिएपछि….

‘प्राविधिक त्रुटीको कारण २३ अर्ब ७५ करोड गएको देखियो,यो विषयमा सचेत भएर काम गर्न भनेका छौ,’राष्ट्र बैंकका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

इसिमोडमा कार्यरत डा नेपालको खातामा मंगलबार एकाएक २३ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ देखिएको थियो ।

एकाएक खातामा यती ठूलो रकम देखिएपछि डा नेपालले बैंकमा खबर गरेका थिए । बैंकको व्यवस्थापनले नेपालको खातामा रहेको पैसा ९ बजे फिर्ता लिन सफल भएको थियो ।

नबिल बैंकले ५ घण्टा अर्बपति बनाएको घटना, सिइओ अनिल शाह भन्छन् : अध्ययन गर्दै छौ

‘कर्मचारीले गरको एउटा गल्तीको कारण २३ अर्ब नेपालको खातामा देखियो,समस्या समाधान भएपनि आगामी दिनमा सचेत भएर काम गर्न भनेका छौ,’राष्ट्र बैंकका अधिकारीले भने ।

खास गरेर सूचना तथा प्रविधिको क्षेत्रमा निकै नै संवेदनशिल भएर काम गर्न र यसले निम्ताउन सक्ने जोखिमको बारेमा नबिललाई बैंकलाई राष्ट्र बैंकले सचेत गराएको हो ।


क्लिकमान्डु