नबिल बैंकले ५ घण्टा अर्बपति बनाएको घटना, सिइओ अनिल शाह भन्छन् : अध्ययन गर्दै छौ



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंकको खातावाल डा सन्तोष नेपालको खातामा २३ अर्ब निक्षेप पुगेको घटना छानबिन गर्ने क्रममा रहेको बताएका छन् ।

मंगलबार नेपालको खातामा एक्कासी २३ अर्ब ७५ करोड रुपैयाँ देखिएको थियो । इन्टरनेट बैंकिङ मार्फत खाता चेक गर्दा खातामा २३ अर्ब ७५ करोड देखिएपछि नेपालले बैंकमा खबर गरेका थिए । बेलुका ९ बजे समस्या समाधान भएको थियो ।

खाताधनी सन्तोष नेपाल

नबिल बैंकले ५ घण्टा अर्बपति बनाइदिएपछि….

‘खातामा कसरी त्यत्रो पैसा देखियो हामी अहिले अध्ययनको क्रममा छौ,समस्या भने समाधान भइसकेको छ,’शाहले भने । उनले अध्ययनपछि मात्र समस्या के कारणबाट देखिएको हो भन्न सकिने बताए ।


क्लिकमान्डु