आइपीओ ल्याउन लागेको पुनर्बीमा कम्पनीको नाफा ५५ करोड ७९ लाख



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार कम्पनीले ५५ करोड ७९ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

उक्त नाफा मध्ये ५० करोड १२ लाख १ हजार रुपैयाँ निर्जीवन व्यवसाय तर्फ रहेको छ भने जीवन बीमा तर्फ ५ करोड ६७ लाख ५९ हजार रुपैयाँ रहेको छ । आठ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा दुई अर्ब १७ करोड ३३ लाख ९४ हजार रुपैयाँ रहेको छ । उक्त जगेडा कोषमध्ये निर्जीबन व्यवसाय तर्फ १ अर्ब ७७ करोड ३० लाख ६६ हजार रुपैयाँ रहेको छ भने जीवन बीमा तर्फ ४० करोड ३ लाख २८ हजार रुपैयाँ रहेको रिपोर्टमा उल्लेख छ ।

यो अवधिमा कम्पनीले १ अर्ब ११ करोड ३६ लाख ४१ हजार रुपैयाँ बीमा कोष आर्जन गरेको छ । कम्पनीको अनुसार चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा दुई अर्ब ९९ करोड ६ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

जसमा निर्जीबन व्यवसायतर्फ २ अर्ब ७९ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने जीवन बीमा तर्फ १९ करोड ८६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस्तै पुनर्बीमा कमिशन बापत ४३ करोड ५ लाख ९७ हजार आर्जन गरको छ । कम्पनी साधारण सेयर (आइपीओ) निष्काशन गर्ने तयारीमा रहेको छ ।


क्लिकमान्डु