कोहलपुरमा खुल्यो नेशलन लाइफ इन्योरेन्सको नयाँ शाखा




काठमाडौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो कम्पनीको १०० औं शाखा हो ।

उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जि¬वी चापागाईल उदघाटन गरेका हुन । कार्यक्रममा बीमा समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत उपस्थति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराएका थिए । उनले अब बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको समते उल्लेख गरे । विशेष गरी नेपाल कृषि प्रधान मुलुक भएकाले पछिल्लो समय कृषि बिमालाई प्राथमिकता दिनुपर्ने भन्दै आधुनिक कृषिको विकासका लागि नेपालका बिमा कम्पनीहरुले कृषि बीमामा जोड दिनुपर्ने अध्यक्ष चापागाँईले बताए ।

त्यसैग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीमा २ र्अब रुपैया चुक्ता पूँजि हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्ता पूँजी रहेको र केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए ।


क्लिकमान्डु