किन गरिन्छ पिचमाथि पिच ? खाल्डा खुल्डी हेर्दैन सरकार (भिडियोसहित )



काठमाडौं । शनिबार साँझ साढे सात बजे , जमल तथा रत्नपार्क क्षेत्रमा सवारीको चर्को जाम थियो । सामान्यता विदाको दिन काठमाडौंको सडकमा कर्म सवारी साधन गुडछन् । कमै सवारी साधन चलेको भएपनि सवारीको जाम बढेर नेपाल वायु सेवा निगमको अगाडिसम्म पुगेको थियो । भने उता लैनचौरसम्म थियो । ठेमलमा समेत सवारीको जामले प्रभावित बनाएको थियो ।

सवारी जाम किन भएको होला भन्दै आम मानिसले चासो व्यक्त गर्दै सवारी साधानको झ्यालबाट हेरिरहेका थिए । घर जान ढिला भएको भन्दै धेरैले गुनासो समेत गरिरहेका थिए ।

भएको के रहेछ भन्ने चासो र चिन्ता राख्दै सवारी साधानको लामो जाममा फसेका नागरिकले त्यतिबेला जानकारी पाए, जतिबेला उनीहरु जमल पुगे । सडक विभागले धमाधम पिचमाथि पिच गरिरहेको थियो । सवारी साधन रोकेर, यात्रुलाई जाममा फसाएर विभागले धमाधम पिचमाथि पिच गरिरहेको भद्दा दृश्य जमल क्षेत्रमा देखिएको थियो ।

जमलको आकाशे पुलदेखि होटल यल्लो प्योगाडा अघिल्तिरसम्म सडकमा पिच माथि पिच हालिदै थियो । काठमाडौंका धेरै स्थानमा खाल्डा खुल्डी परेका छन् । खाल्डा खुल्डी पुर्ने तर्फ विभागले ध्यान दिएको छैन । यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । तर पिच माथि पिच गरेर विभागले शनिबार साँझ रमिता देखाइरहेको थियो । जमल सडकमा सडक त्यत्ति बिग्रेको पनि थिएन । तर पिचमाथि पिच गरेर अन्यत्र खाल्डा खुल्डी राख्ने विभागको कामलाई भने देखी जान्नेले भने गलत अभ्यास भन्दै गुनासो गरेका थिए ।

हेर्नुहाेस् भिडियोः


क्लिकमान्डु