सेयर बजार र घरजग्गामा कालोधन लगानी गरेको भेटियो, अदालतमा मुद्दा दायर



काठमाडौं । सेयर बजारमा कालोधन प्रयोग भएको भेटिएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले स्रोत नखुलेको सम्पत्ति प्रयोग गरेको आरोपमा मधु चौधरी र उनका भारतीय पति बिनोद कुमार गुप्तालाई मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरेको तथा कालोधनको आरोपमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले भारतीय नागरिक बिनोद कुमार गुप्ता र उनकी श्रीमती नेपाली नागरिक मधुकुमार चौधरीलाई २२ करोड बिगो राखेर मुद्दा दायर गरेको छ ।

को छिर्यो सेयर बजारमा ?

हिमालयन कार्गो नेपाल ९स्थायी लेखा नम्बर ३०१७९७८६३० र मधु कुमारी चौधरीको नाममा दर्ता रहेको हिमालयन कार्गो स्थायी लेखा नम्बर ६०४८६०४७५० फर्मका प्रोपाइटर मधु कुमारी चौधरीका पति भारतीय नागरिक विनोद कुमार गुप्ता समेतले आव २०६५/६६ देखि आव २०७४/७५ सम्म राजश्व चुहाबट गरेको देखिएको आरोपत्रमा उल्लेख गरे छ ।

अनुसन्धान तथा छानवीन हुन भन्ने व्यहोराको राजश्व अनुसन्धान विभागबाट गतवर्षको भदौ २० मा मा दर्ता भएको सूचना उपर सम्पत्ति शुद्धीकरणको कसुरमा यस विभागबाट जाँचबुझ तथा अनुसन्धान हुँदा उल्लेखित अवधिमा विनोद कुमार गुप्ता र निजकी प्रतिवादी श्रीमती मधु कुमारी चौधरी समेतले प्रतिवादी भारतीय नागरिक विरेन्द्र महतो समेतको मिलेमतोमा २३ करोड प्रयोग गरेको देखिएको छ ।

उनीहरुले आफु एवं फर्मका कर्मचारी समेतका नाउँमा विभिन्न बैँकमा खोलिएका खाताहरुमा कुल १० करोड जम्मा गरेको र काठमाडौँका र भक्तपुरका विभिन्न स्थानहरुमा २०६५ सालपछिको अवधिमा ८ करोड ३० लाख रुपैयाँ घरजग्गामा लगानी गरेको देखिएको छ ।

मधुकुमारी चौधरी एकल संचालक रहेको मंगला रियलस्टेट प्रालिमा २ करोड र र अर्को एप्पल पोलिमर्स प्रालिमा २ करोड ५० लाख लगानी गरेको देखिएको छ ।

मधुकुमारी चौधरीका नाउँमा रहेको विभिन्न बैँक तथा वित्तीय संस्थाको शेयर तर्फ ४ लाख ९७ हजारको सेयर लगानी रहेको देखिएको छ ।

यसरी घरजग्गा तथा सेयर बजारमा लगानी गरी सम्पत्ती शुद्धीकरण(मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क)० ले निषेधित कार्य गरी गराई सोही दफाको उपदफा (३) को सम्पत्ति शुद्धीकरणको कार्य कसुर गरेको पुष्टि हुन आएको देखिँदा प्रतिवादीरु विनोद कुमार गुप्ता र मधु कुमारी चौधरीलाई कुल वीगो २२ करोड ९५ लाख कायम मुद्दा दायर गरेको छ ।

विभागले सम्पत्ति शुद्धिकरण ऐनको ऐनको दफा ३०९१० बमोजिम जनही जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय हुन मागदाबी लिई प्रतिवादीहरुले कसुरबाट प्राप्त गरेको तथा सोबाट बढे बढाएको उपरोक्त बमोजिमको सम्पत्ति, शेयर, बैंकमा रहेको नगद मौज्दात रकम समेत सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन बमोजिम जफत हुन मागदाबी लिई र अर्का प्रतिवादी विरेन्द्र महतोको हकमा कुल २२ करोड ९५ लाख कायम गरेको छ ।

यसको लागि ऐनको दफा ३०९१० बमोजिम जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय हुन र प्रतिवादी मधुकुमारी चौधरकीका नाउँ दर्ताको हिमालयन कार्गोका हकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (८)बमोजिम सजायको मागदाबी लिई २०७६ साल बैशाख ११ मा विशेष अदालत काठमाडौँमा सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग पत्र दर्ता गरेको उल्लेख गरेको छ ।


क्लिकमान्डु