को छिर्यो सेयर बजारमा ?



काठमाडौं । बैशाख लागेपछि नेपाल स्टक एक्सचेञ्जमा अस्वभाविकरुपमा कारोबार बढेको छ । त्यसअघि २० देखि ३० करोड रुपैयाँको हाराहारीमा दैनिक कारोबार हुँदै आएकोमा बैशाख लागेपछि अर्बमाथिको सेयर कारोबार भइरहेको छ ।

सेयर बजार र घरजग्गामा कालोधन लगानी गरेको भेटियो, अदालतमा मुद्दा दायर

साताको अन्तिम दिन बिहीबार (आज) पनि नेप्सेमा अत्याधिक कारोबार भयो । बिहीबार १ अर्ब ३५ करोढ रुपैयाँ बराबरको कारोबार भएको छ । यो दिन नेप्से सूचक १३ अंकले बढेर १२९२ अंकमा पुगेको छ । नेप्सेको चक्रअनुसार प्रत्येक वर्षको बैशाख लागेपछि नेप्से बढ्ने गर्छ । अहिले पनि त्यही भएको जानकारीहरु बताउँछन् ।

तर एकाएक कसरी दैनिक अर्ब बढीको कारोबार हुनथाल्यो ? बजारलाई राम्रोसँग बुझेका एक ठूला लगानीकर्ताले भने, ‘बैशाख लागेदेखि मैले १ कित्ता पनि किनेको छैन, कालोधनलाई सेतो बनाउनेहरु छिरेका कारण एक्कासी अस्वभाविकरुमा कारोबार रकम बढेको मेरो अनुमान छ ।’


क्लिकमान्डु