बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त



काठमाडौं । बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त भएका छन् ।

बीमा समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गरेको हो । दुई दशकभन्दा बढीदेखि बीमा समितिमा कार्यरत पौडेल अहिले निमित्त कार्यकारी निर्देशक दिए । कार्यकारी निर्देशकमा समितिले उनलाई बढुवा गरेको हो ।

तत्कालिन कार्यकारी निर्देशक श्रीमान कार्की अवकास भएपछि कार्यकारी निर्देशक पद रिक्त थियो ।

बीमा समितिको संगठन संरचनामा अध्यक्षपछि दोस्रो बरियतामा कार्यकारी निर्देशक रहने व्यवस्था छ ।


क्लिकमान्डु