बजाजको नयाँ शोरुम बारामा



काठमाडौं । एचएच बजाजको नयाँ शोरुम ‘गुप्ता मोटर्स’ बाराको कलैयामा सञ्चालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने जनाइएको छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने जनाएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बाराको कलैयामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीलाई बारामा नयाँ शोरुम सञ्चालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’

एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।


क्लिकमान्डु