बैंकको समस्याः निक्षेप ४ अर्बले घट्दा कर्जा ७ अर्बले बढ्यो
काठमाडौं । बैंकहरुको कर्जा निक्षेपबीचको असन्तुलन फेरि पनि चुलिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै थप ऋणयोग्य पुँजी (तरलता) को समस्या भोग्दै आएको बैंकिङ क्षेत्र अहिले पनि उक्त समस्याबाट मुक्त हुन सकेको छैन ।
चैत अन्तिम साता बाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ७ अर्ब रुपैयाँ ऋण दिएका छन् ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा बैंकहरुले २७ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।
त्यसको ठीक एक हप्ताअघि बैंकहरुले २७ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब १३ अर्ब रुपैयाँ ऋण दिएका थिए ।
नेपाल राष्ट्र बैंकका अनुसार चैतमा मात्रै ऋण १९ अर्बले बढेको छ भने निक्षेप भने १४ अर्बले बढेको छ।