भरपर्दो कृषक बचत तथा ऋण सहकारी र आइजीआईबीच सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच आइजीआई विद्यार्थी बीमालेख मार्फत सेवा लिने दिने सम्बन्धी सम्झौता भएको छ ।
संस्थाका सदस्य विद्यार्थीहरुको लागि इन्स्योरेन्सले नेपालमा नै पहिलो पटक जारी गरेको उक्त बीमालेख सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेशभक्त बादे श्रेष्ठ र सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने गरी उक्त सम्झौता भएको छ ।

उक्त अवसरमा इन्स्योरेन्सका सिइओ श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना विद्यार्थी ग्राहकहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क साथै बिद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी बीमालेख मार्फत सेवा प्रदान बताए ।

त्यस अवसरमा उनले संस्थासँग आवद्ध सदस्य महानुभावहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

कार्यक्रममा सहकारीका अध्यक्ष तिमल्सिनाले आफ्नो संस्थासँग आवद्ध बिद्यार्थीहरुलाई निःशुल्क सेवा प्रदान गर्न पांउँदा खुशी लागेको बताए ।


क्लिकमान्डु