युनिभर्सल पावर कम्पनीको सेयर मूल्य १०० रुपैयाँभन्दा तल झर्यो
काठमाडौं । सेयर बजारमा सूचिकृत जलविद्युत् कम्पनीमा अर्को खराब कम्पनी युनिभर्सल पावर कम्पनी बनेको छ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड जस्तै युनिभर्सलको सेयर मूल्य १०० रुपैयाँभन्दा तल झरेको छ ।
युनिभर्सलको दोस्रो बजारमा चैत १० देखि कारोबार सुरु भएको थियो । २७० को रेन्च पाएर कारोबार सुरु गरेको युनिभर्सल कारोबार भएदेखि सकिर्ट ब्रेक लाग्दै घटेको छ ।
आइतबार अहिलेसम्मको सेयर कारोबारले यसको सेयर मूल्य ९८ मा घटेको छ ।
मार्केट डेप्थमा खरिदको लागि अर्डर छैन भने बिक्रीको लागि मात्र अर्डर छ ।