आजदेखि राष्ट्र बैंकले दरबारमार्गबाट बैंक सुपरीवेक्षणको काम गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग आजदेखि दरबारमार्गमा स्थानान्तरण गरिएकोछ ।

बालुवाटारमा रहेको उक्त विभागलाई आइतबारदेखि दरबारमार्गस्थित तत्कालीन एनआइडीसी अर्थात हाल राष्ट्रिय वाणिज्य बैंकको भवनमा सारिएको हो ।

राष्ट्र बैंकले सूचना नै प्रकाशन गरेर आइतबारदेखि दरबारमार्गबाट बैंक सुपरीवेक्षणको काम हुने जनाएको छ ।


पुष्प दुलाल