घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई प्रहरीले पक्रियो



काठमाडौं । प्रहरीले ओरेन्टल सहकारीका अध्यक्ष तथा घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो । बस्नेतलाई आज साँझ पक्राउ गरिएको नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले क्लिकमान्डुलाई बताए ।

ठगी अभियोगमा बस्नेत बिरुद्ध धेरै उजुरी थिए । महानिरिक्षक खनालले भने’अब कानुन अनुसार कारबाही हुन्छ ।’

सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने निर्णय, पीडितले कति फिर्ता पाउँछन् ? (भिडियोसहित)

त्यसैगरी, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतका सम्पूर्ण सम्पति कब्जा गरेर लिलामी प्रक्रियाबाट बिक्री गरि पीडितकाे पैसा फिर्ता गर्ने भन्दै आज (बुधबार) विज्ञप्ति जारी गरेकोे छ ।
समितिकाे विज्ञप्ति आएपछि ओरेन्टलकाे-अपरेटिभ पीडित समितिले बस्नेत सम्पत्ति लिलामीमा लगे कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो ।  
व्यवस्थापन समितिकाे प्रतिवेदन अनुसार बस्नेतले १६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको छ । ओरेन्टल सहकारी र विभिन्न हाउजिङ तथा अपार्टमेन्ट बनाउने भन्दै बस्नेतले सर्वसाधारणसँग अर्बौं उठाएका थिए  ।


क्लिकमान्डु