सेञ्चुरी बैंकले सार्वजनिक गर्यो २०७६ को आफ्नै क्यालेन्डर, क्यालेन्डरमा सातै प्रदेशका पर्यटकीय स्थल



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७६ सालको क्यालेन्डर चैत्र १७ गते एक समारोहबिच बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूले बिमोचन गरेका छन् ।

भिजिट नेपाल २०२० को सन्दर्भमा ७ वटै प्रदेशहरुमा रहेको पर्यटकिय स्थलहरुलाई समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


पुष्प दुलाल