अपि चमेलिया जलविद्युत आयोजना निर्माण अागामी मंसिर देखी सुरु हुने




काठमाडौ । अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ ।

यस भन्दा पहिले सोही क्षेत्रमा कम्पनीले क्रमश ८.५ मेगावाट क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दे आएको छ । यो आयोजना कम्पनीले निर्माण गर्नेे तेस्रो आयोजना हो । यसका साथै आगमी चैत मसान्तभित्र ८ मेगावाट क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुदैछ । सो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।

यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ भने अत्तरिया बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिनेछ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिने योजना छ ।

आयोजना निर्माणको लागी जम्मा ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानी र बाँकी ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गर्ने योजना कम्पनीको रहेको छ । उक्त आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।


क्लिकमान्डु